काठमाडौं । आजदेखि १८ गतेसम्म प्रभु बैंकका सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन् ।
बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर जेठ १५ गते साँझ ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण सेवाहरु बन्द रहने जानकारी दिएको हो ।
कोर बैंकिंग सिस्टम माइग्रेसनका लागि सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ । बैंकले सेवा ग्राहीमा पर्न जाने असुविधा प्रति क्षमा समेत मागेको छ ।