बाणिज्य बैंकका शाखाले १० र विकास बैंकका शाखाले ५ वटा सहुलियत कर्जा प्रवाह गर्नैपर्ने

Advertisement

काठमाडौं । सहुलियतपूर्ण कर्जा प्रवाहमा कडाई हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि बाणिज्य बैंकका प्रत्येक शाखाले कम्तिमा पनि १० जनालाई सहुलियतपूर्ण कर्जा दिनै पर्ने भएको छ । त्यस्तै, विकास बैंकका प्रत्येक शाखाले न्युनतम ५ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नै पर्नेछ ।

सरकारले ५ प्रतिशत ब्याज अनुदानमा सुरु गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रममा हाल बैंकहरुले खासै चासो देखाईरहेका छैनन् ।

Advertisement

Advertisement

Advertisement