सुनकोशी मरिन डाइभर्सन आयोजनालाई २ अर्ब ४६ करोड रुपैयाँ

Advertisement

काठमाडौं । सरकारले सुनकोशी मरिन डाइभर्सन आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सुनकोशी नदिको पानीलाई मरिनमा झारेर विद्युत उत्पादन तथा सिँचाईका लागि उपयोग गर्ने योजनासहित अघि सारिएको सुनकोशी मरिन डाइभर्सन आयोजनालाई सरकारले चालु आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो ।

४२ मेगावाट विद्युत सहित एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य सहित सिँचाइ विभागले पाँच वर्षअघि यो बहुउद्देश्यीय ड्राइभर्सन आयोजनाको गृहकार्य थालिएको थियो । उक्त आयोजना सम्पन्न गर्न करिब ९० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सो लागतमध्ये विद्युत उत्पादनमा ५३ अर्ब र सिँचाइमा ३७ अर्ब खर्च गर्ने योजना बनेको छ । तराईको रौतहट र सर्लाही जिल्लामा यो आयोजनाबाट सिँचाई सुबिधा उपलब्ध हुनेछ ।

Advertisement

Advertisement

Advertisement