शिक्षामा रु. एक खर्ब ७१ अर्ब बजेट विनियोजन, मुलुकलाई नै साक्षर घोषणा गरिने

Advertisement

काठमाडौं । सरकारले आगामी बजेटमार्फत शिक्षामा एक खर्ब ७१ अर्ब बजेट खर्च गर्ने लक्ष्य लिएको छ । बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले शिक्षाको बजेटमा सामान्य वृद्धि गरेको जनाएको हुन् ।

सरकारले आउँदो वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने घोषणा गर्नुका साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु. छ अर्ब विनियोजन गरिएको छ । बजेटमा भर्च्युअल कक्षा सञ्‍चालन, अनलाइन शिक्षा र रेडियो टेलिभिजनमार्फत कक्षा सञ्‍चालन गर्ने उल्लेख गरिनुका साथै एक हजार ८ सय विद्यालय भवनको पुर्निर्माण गर्ने जनाइएको छ ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा सात अर्ब ५२ करोड विनियोजन गरेको छ भने छात्रवृत्तिका लागि दुई अर्ब ७० करोड विनियोजन गरिएको जनाएको छ ।

सरकारले १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन एक अर्ब ८२ करोड विनियोजन गरेको छ । यस्तै, गणित विज्ञान जस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्‍नका लागि दुई अर्ब २३ करोड विनियोजन गरिएको छ ।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले दुई अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ भने विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement