फजुल खर्चमा कटौती, अब कुनै पनि भत्ता खान नपाइने

Advertisement

काठमाडौं । सरकारले फजुल खर्चमा कटौती गरेको छ । बिहीबार आगामी आवका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले फजुल खर्चमा कटौती गरिएको बताए । उनले साउनबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक सबैको भत्ता कटौती गरेको बताए । अब कुनै पनि सरकारी निकाय र सार्वजनिक संस्थानमा कुनै पनि खालका भत्ता खान पाइने छैन् ।

राजश्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्च व्यवस्थापनमा पर्ने चापलाई दृष्टिगत गर्दै प्रशासनिक खर्चमा मितव्ययिता अपनाइने अर्थमन्त्री खतिवडाले बताए । जसअनुसार कार्यालय सञ्चालन, इन्धन, मर्मत, विदेश भ्रमण, कम प्राथमिकताका गोष्ठी र बैठक, भैरपरी खर्च, फर्निचर, मर्मतमा उलेख्य बजेट कटौती गरिएको भन्दै उनले आवश्यक नदेखिएका र कार्यबोझ भएका सार्वजनिक निकाय खारेज गरिने बताए ।

त्यस्तै, अत्यावश्यक सेवाबाहेक सबै निकायमा नयाँ नियुक्ति बन्द गरिने जनाइएको छ । आधारभूत सेवा दिनेबाहेक अन्य सबैलाई सञ्चालन अनुदान नदिने अर्थमन्त्री खतिवडाले बताए ।

Advertisement

Advertisement

Advertisement