आगामी आर्थिक बर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट, विकासका लागि तीन खर्ब ५२ अर्ब

Advertisement

काठमाडौं । आगामी आर्थिक बर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँको बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्दै चालु आर्थिक बर्षको भन्दा कम आकारको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटमा चालु खर्चतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात ६४ दशमलव चार प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव नौ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब अर्थात ११ दशमलव ७२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

उक्त बजेट खर्च गर्न राजश्व संकलनबाट आठ खर्ब ८९ अर्ब संकलन गरिने छ भने बाह्य अनुदानबाट ६० अर्ब ५२ करोड जुटाइने छ । बाँकी मध्ये वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब र दुई खर्ब २५ अर्ब जुटाइने छ ।

Advertisement

Advertisement

Advertisement