पुँजी बजारप्रति बजेट सकारात्मक देखियो- फुल्लेल

Advertisement

काठमाडौं । हाल संचालनमा रहेका बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिन ९मर्ज० लाई प्रोत्साहन गरिने सम्वोधनले वजारमा सकारात्मक प्रभाव पार्ने छ । सहुलियत पुर्ण कर्जामा ५५ व्याजले बैंकहरूले लगानि गरेका क्षेत्रहरू थप चलायमान भै आर्थिक कारोवार नै सकारात्मक हुन सक्ने छ ।बैंक तथा वित्तीय संस्थाहरूले वाह्य ऋण ल्याउन पाउने व्यवस्थाले तरलता व्यवस्थापन गर्न थप सहज हुने छ भन्ने पुँजिवजारमा वर्षौं देखि माग गरिंदै आएको स्टक डिलरको व्यवस्थाले माग र आपूर्तिको सन्तुलन कायम भै अनावश्यक रूपमा हुने उतार चढावलाई नियन्त्रण गर्न सहयोग पुग्ने छ ।

समग्रमा बैंक तथा वित्तीय संस्थामा विधुतिय भुक्तानि प्रणाली,हेज फण्डको व्यवस्था,वस्तु विनिमय कम्पनिको स्थापना जस्ता कार्यले लगानिकर्ताहरूको लगानिको विविधिकरण र लगानि क्षेत्र व्यवस्थित र विश्वासिलो हुने हुँदा यस क्षेत्रमा नयाँ लगानिकर्ताहरू आकर्षित हुन सक्नेछन ।करदाताले अनलाईन मार्फत कर चुक्ताको प्रमाण पत्र लिन पाउने व्यवस्था गरिएको छ ।शेयर बजारमा विद्युतीय माध्यमबाट सेयर खरिद बिक्री सुरु गर्ने कुरा बताईएको छ ।

पुँजिवजारको आवश्यकतालाई सरकारले महसूस गर्दै नेपालको पानि जनताको लगानिलाई निरन्तरता दिईएको छ जसले गर्दा पुँजिवजारमा नयाँ लगानिकर्ताहरूको प्रवेश हुने अनुमान गर्न सकिन्छ । आगामी आ।व।बाट ऋणपत्रको दोस्रो बजारमा हुने कारोबारलाई प्राथमिकतामा राख्ने र आगामी आ।व।स्टक डिलर सञ्चालनमा आउने र बस्तु् विनिमय बजारको व्यवस्था गर्ने,नेप्से, सेबोन र सिडिएससीको संरचनागत सुधार गर्ने जस्ता कुराहरू सकारात्मक छन । (पुँजी बजार लगानीकर्ता संघ, नेपालका उपाध्यक्ष फुल्लेलसँग गरिएको कुराकाीनमा आधारित

Advertisement

Advertisement

Advertisement