कृषि र उद्योग क्षेत्रका लागि सर्वाधिक राम्रो बजेटः गोल्याण

Advertisement

काठमाडौं । उद्योगी पवन गोल्याणले कृषि र उद्योग क्षेत्रका लागि सर्वाधिक राम्रो बजेट आएको बताएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेटले कृषि र उद्योग क्षेत्रमा व्यापक सुधार सम्भव भएको बताए । ‘बजेटले उद्योग र कृषि क्षेत्रका लागि आवश्यक सबै कुरा दिएको छ, यसले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ’, उद्योगी गोल्याणले भने ।

गोल्याणको प्रतिक्रिया
कृषि उपजहरुको भण्डार गृह निर्माणका लागि ठूलो बजेट आएको छ । कृषि उपजहरुको आयातमा भन्सार दर पनि बढाइएको छ । युवाहरुलाई शिपसँग जोड्ने भनेको छ । सबै स्थानीय तहमा एक कृषि विज्ञ राख्ने कुरा पनि राम्रो छ । कृषिमा जे जे कुरा आएका छन्, ति सबै कुराले अबको दिन उज्वल हुन्छ भन्ने संकेत गरेको छ । वन पैदावरको उपयोगको विषय पनि समेटिएको छ जसले एक खर्बको आयात घटाउनेछ ।

उद्योगमा पनि कच्चा पदार्थको भन्सार एक तह कम कायम गर्ने व्यवस्था आयो । यसले आन्तरिक उद्योगहरुको प्रतिष्पर्धी क्षमता बढाउन सहयोग गर्छ । स्वदेशी उद्योगीहरुको संरक्षण गर्छ । घरेलु तथा साना उद्योगीहरुलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने कुरा पनि राम्रो छ ।

धागो र कपडा उद्योग माग पनि समेटिएको छ । बजेटले आन्तरिक अर्थतन्त्रलाई बलियो र चलायमान बनाउँछ । नेपालको अर्थतन्त्र आयातमूखिबाट औद्योगीकरणमा जाने सोँच यो बजेटले देखाएको छ । डा. युवराज खतिवडाको तेश्रो बजेट हो र यो अन्य दुई भन्दा उत्कृष्ठ छ । –गोल्याण समुहका अध्यक्ष गोल्याणसँग गरिएको कुराकानीमा आधारित)

Advertisement

Advertisement

Advertisement