दुवै सदनमा आव २०७७/७८ बजेट टेबुल, आइतबार र सोमबार छलफल हुने

,   १५ जेष्ठ २०७७, बिहीबार, ०८:०२ pm   
yubraj_khatiwada

काठमाडौँ । प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका हुन् । बैठकमा अर्थमन्त्री डा खतिवडाले ‘आर्थिक विधेयक, २०७७’ पेश गरे ।

संसद्मा आज प्रस्तुत बजेटमाथि छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १८ र १९ गतेको समय तोकेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १८ गते बिहान ११ बजे बस्नेछ ।

यसैगरी राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति टेबुल गरेका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा उनले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमान बजेट टेबुल गरेका हुन् ।

aecc

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले आज प्रस्तुत बजेटमाथि छलफलका लागि यही जेठ १८ र १९ गतेको समय तोकेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १८ गते ११ः३० बजे बस्नेछ ।