वित्तीय क्षेत्रप्रति सकारात्मक बजेटः भुवन दाहाल

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नयाँ बजेट वित्तिय क्षेत्र प्रति सकारात्मक देखिएको बताएका छन् । ‘वित्तिय क्षेत्रका अधिकांश माग राष्ट्र बैंकले सम्बोधन गर्ने हो, बजेटले जे जे कुरा अघि सारेको छ, ति सबै सकारात्मक नै छन्’, दाहालले भने ।

उनले हरेक वर्ष जस्तो यसपाली पनि बैंक तथा वित्तिय क्षेत्रहरुलाई मर्जरमा जान प्रोत्साहन दिने भनिएको र त्यसको सहुलित भने मौद्रिक नीतिबाटै आउने पनि बताए । त्यस्तै, एक खर्बको पुनरकर्जा कोष, घरेलु तथा साना उद्योगलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिन छुट्टै ५० अर्बको कोष लगायतका व्यवस्था बजेटले अघि सार्नु पनि राम्रो पक्ष भएको पनि बताए ।

त्यस्तै, सहुलियतपूर्ण कर्जाका सवालमा केहि कडाई गर्न खोजिएको भएपनि आफुहरुलाई केहि फरक नपर्ने स्पष्ट पारे । ‘बैंकको एउटा शाखाले १० जनालाई सहुलियतपूर्ण कर्जा दिने कुरा खासै कठिन होइन’, दाहालले भने ।

तर उनले सम्पति हुनेहरुसँग धितो लिएर मात्रै त्यस्तो कर्जा प्रवाह गर्न पाइने छुट पनि दिइनुपर्ने माग पनि राखे । ‘बजेटले जे ल्याएको छ, त्यो सबै राम्रो छ, यसले वित्तिय क्षेत्रको मात्रै होइन, उद्योग, कृषि, व्यापार लगायत सबैको हित गर्छ भन्ने विश्वास छ’, दाहालले भने ।

Advertisement

Advertisement

Advertisement