कोरोना संक्रमित भेटिएको नुवाकोटको गाउँका ८४ जनाको पीसीआर टेष्ट गरियो

Advertisement

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका वडा नं ३ को एक जनामा कोरोना पोजेटिभ देखिएपछि सो गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पीसीआर विधिमार्फत कोरोना परीक्षण बढाएको छ।

बिहीबार ककनीको वडा नं १ मा ५ ,२ मा १९ ,३ मा २९ ,४ मा २, ८ मा १ र एक स्वास्थ्यकर्मीसहित ५६ जनाको कोरोना परीक्षण गरिएको छ । ककनी गाउँपालिकाले बुधबार २८ जनाको कोरोना परीक्षण गरेको थियो।

बुधबार गरिएको परीक्षणको रिपोर्ट शुक्रबारसम्म र बिहीबार गरिएको परीक्षणको रिपोर्ट शनिबारसम्म आउने जानकारी दिइएको छ । ककनी गाउँपालिकाभित्र कोरोनाको उच्च जोखिम‌ रहेकोले लकडाउनलाई पूर्णरूपमा पालना गर्न समेत जनप्रतिनिधिले स्थानीयलाई आग्रह गरेका छन्।

परीक्षण गरिएकाको रिपोर्टका आधारमा आवश्यक परे अन्यलाई पनि परीक्षण गरिने गाउँपालिकाले जनकारी दिएको छ । सो क्षेत्रका संक्रमित युवाको हाल टेकुस्थित सरुवा रोग अस्पतालको क्वारेन्टाइनमा राखी उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement