आव २०७७/७८ को बजेटः तीन व्यवसायिक संस्थाको मिश्रित प्रतिक्रिया

Advertisement

काठमाडौँ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले हिजो प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटप्रति विभिन्न व्यवसायिक संस्थाका प्रतिनिधिहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष शिव कट्टेलले बजेट उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन् भने नेपाल इटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकारले आफूहरुको माग संबोधन नभएको प्रतिक्रिया दिए ।

त्यसैगरी ग्रील तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष र नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन बस्नेतले बजेट सन्तुलित रहेको प्रतिक्रिया दिए ।

बजेट उत्साहजनक छ: शिव कट्टेल, अध्यक्ष, राष्ट्रिय उद्योग व्यापार महासंघ
आर्थिक वर्ष २०७७।०७८ को लागि सरकारले ल्याएको यो बजेट सकारात्मक छ । बजेटले सवै क्षेत्रलाई उतिकै राम्रोसँंग समेटेको छ । बजेटको सवैभन्दा राम्रो पक्ष अहिलेको वर्तमान कोरोना संक्रणका लागि विशेष उल्लेख हुनु हो । कोरोना संक्रमण न्युनीकरण तथा नियन्त्रणका लागि ल्याइएको विशेष प्याकेज सराहनीय छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा अस्पतालहरुको वन्दोवस्त गर्ने व्यवस्था अति राम्रो देख्छु । घरेलु तथा साना उद्यमीको हिसावले पनि बजेट उत्साहजनक छ । सार्वजनिक यातायातको लागि प्राधीकरण बनाउने कुरा सकारात्मक छ । बेरोजगारलाई तालिम दिने, श्रृण दिने कुरा उल्लेख छ, जुन अति नै राम्रो हो । साथै सहकारीमार्फत काम गर्ने कुरा पनि सराहनीय छ । कृषि उत्पादनको वढावाको लागि काम गर्ने योजना सराहनीय छ । कृषिलाई सहकारीसँंज जोडने कुराले सवैतिर फैलिन सहज हुनेछ । समग्रमा कोरोनाको महामारीको बेला सवै विषयलाई उतिकै ध्यान दिएर आएको यो बजेट स्वागतयोग्य छ । बजेटको कार्यान्वयनको पाटोलाई पनि उतिकै जोडतोडलाई लान सके यसले नयाँं नेपाल बनाउन कुनै कठिनाई हुने थिएन ।

हाम्रो सम्वोधन जिरो : महेन्द्र चित्रकार, अध्यक्ष, नेपाल इटा उद्योग महासंघ
इटा उद्योग नेपालका निकै कम उद्योगहरुमध्येको एउटा आत्मनिर्भर उद्योग हो । सिजनल रुपमा चल्ने यो उद्योग अरु उद्योग भन्दा भिन्न प्रकृतिको छ । यो उद्योगबाट अत्याधिक रोजगारी पाउने उद्योग पनि हो । यो उद्योग अत्याधिक समस्यामा छ । जस्तो कि वर्षमा ६ महिना चल्ने यो उद्योग यस वर्ष जम्मा तीन महिनाजति मात्रै चल्यो । लकडाउन, मौसमलगायतका कारण आधाआधी समय मात्रै उद्योग चलाउन पायौं । यसकारण यो उद्योग संकटमा छ । तर यस्तो उद्योगलाई बचाउन यो वर्षको बजेटमा केही पनि कुरो आएन । हाम्रोबारेमा सम्वोधन जिरो नै देखियो । यसवर्षको बजेट हाम्रो लागि कागलाई वेल पाक्यो, हर्ष न विस्मात जस्तै भयो । जबकि हामीले बजेट ल्याउन भन्दा अगाडि यो उद्योगलाई बचाउने हो भने यो अति आवश्यक उद्योग भएकाले भ्याट लिनु पाइदैन, आयकरमा कमसेकम ५० प्रतिशत छुट हुनुपर्छ भनी लिखित माग पेश गरेका थियौ । तर त्यसको कुनै सुनुवाइ नै भएको देखेनौ । यो उद्योगलाई जोगाउन विशेष संरक्षण आवश्यक थियो तर केही पनि भएन । यही कारण हाम्रो करोडौको लगानी यतिखेर निकै जोखिममा छ ।

बजेट सन्तुलित: मोहन कटुवाल, अध्यक्ष, ग्रील तथा स्टील ब्यवसायी महासंघ, उपाध्यक्ष नेपाल घरेलु तथा साना उद्योग महासंघ
इहिहासकै कठिन अवस्थामा आएको बजेट समग्रहमा सन्तुलित देखिन्छ । अहिले सबैको जीवनसंग जोडिएको चासोको बिसय भएको बेला स्वास्थ क्षेत्रमा केन्द्रीत भएर बजेट्ले प्राथमिकता दिए पनि कोरोनाको प्रकोप बडिरहेको अवस्था अझै अपुग देखिन्छ । देशमा भएका जनशक्तीको रोजगारिलाइ निरन्तरता दिदै ठूलो सख्यामा रोजगारी गुमाएर केही सीप सहित स्वदेश फर्कन लागेका युवाहरुलाई पनि रोजगारिमा जोड्न सक्ने कोरोनाको संक्रमणका कारण सन्कटमा परेको क्षेत्र घरेलु, साना तथा मझौला उध्योग ब्यवसाय प्रबर्धनमा सोचे जस्तै आउन नसके पनि अहिलेको कठिन अवस्थामा जे जति बजेटमा घोषणा भएको कुराहरु ब्यवहारमा प्रभाबकारी कार्यान्वयन हुनु पर्छ । कोरोनाको कारण सन्कटमा परेको उध्योगलाई सुरक्षीत अवतरण गर्न पुनर्कर्जा, करमा छुट कृषिमा आधारित उत्पादनलाइ आत्मानिर्भर बनाउने कुरा, पर्यटन क्षेत्रलाई राहतको बिधुतमा डिमाण्ड चार्ज छुट, साना उध्योगी लाई बिधुत महसुल केही छुट, स्वदेशी उध्योगबाट उत्पादित बस्तुको प्रयोगलाइ प्राथमिकता दिने गर्ने, ७५ लाखलाई शिपमुलक तालिम दिने १३० स्थानमा उद्योग ग्राम स्थापना गर्ने निर्यातलाई प्रोत्साहन गर्ने, महिला उद्यमीलाई प्रोत्सहन गर्ने जस्ता कुरा स्वागत योग्य छ भने पुर्वाधार बिकासलाई निरन्तरता दिने कुरा राम्रो पक्ष हो हो भने करको दर भन्दा दायरा बढाउने कुरा स्वागत योग्य हो । सरकारले अनावश्यक खर्चहरु कटौती गर्ने कुरा अत्यन्तै राम्रो पक्ष हो। बजेटमा छुट भएका केही स्टिमुलस प्याकेजहरु मौद्रिक नीतिले सम्बोधन गर्छ भन्ने बिस्वास लिएका छाँै ।

Advertisement

Advertisement

Advertisement