सनराइज बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स मार्फत गरायो सबै कर्मचारीको कोरोना बीमा

,   १६ जेष्ठ २०७७, शुक्रबार, ०२:२० pm   

काठमाडौं । सनराइज बैंकले सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ । कोरोना भाईरस (कोभिड–१९) ले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दैे बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको हो ।

कोभिड–१९ बीमा अन्तर्गत प्रत्येक कर्मचारीहरुको रु. १ लाख रुपैंया बराबरको सामुहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी  मार्फत गरिएको छ । बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । बीमा सम्झौताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ ।

बैंकले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउदै आएको छ ।

aecc