विदेशमा अलपत्र २५ हजार नेपालीलाई १० दिनभित्र ल्याउने सरकारी निर्णय, उद्दार गर्नुपर्ने छ लाख

Advertisement

काठमाडौं । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिले विदेशमा अलपत्रमध्ये २५ हजार नेपालीलाई मात्रै तत्काल ल्याउने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले प्राथमिकताका आधारमा १० दिनभित्रमा ल्याउने निर्णय गरेको हो ।

विदेशमा रहेका नेपालीलाई ल्याउने कार्यविधि पारित गरिसकेको सरकारले सोही कार्यविधिअनुसार कार्ययोजना पनि बनाएको हो । जसअनुसार प्राथमिकताका आधारमा पहिलो चरणमा २५ हजारलाई ल्याउन लागिएको हो ।

खाडी मुलुकसहित भारत र अन्य देशबाट तत्काल छ लाखलाई उद्दार गर्नुपर्ने देखिए पनि प्राथमिकताको आधारमा युइए, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेकाहरुलाई ल्याउन लागिएको जनाइएको छ । उनीहरुलाई लिन आवश्यकताका आधारमा विमान पठाइने र काठमाडौं आइसकेपछि आफ्नै खर्चमा दुई दिन होटलहरुमा क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसपछि उनीहरुलाई सम्वन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाइने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement