बीमा क्षेत्रका लागि स्वर्णिम बजेट- चापागाई

Advertisement

यो बीमा क्षेत्रका लागि स्वर्णिम बजेट हो । बीमा समितिले जति कुरा प्रसताव गरेको थियो, ति अधिकांश बजेटमा समेटिएका छन् । सरकारले सबै कर्मचारीहरुको कोरोना बीमा गरिदिने घोषणा गरेको छ । यो साह्रै सकारात्मक पक्ष हो । त्यति मात्रै होइन, कोरोना बीमाको ५० प्रतिशत प्रिमियम पनि तिरिदिने भनेको छ । यसले हामीलाई थप उत्साहित बनाएको छ ।

लघु बीमामा भ्याट छुट दिने निर्णय अर्काे ऐतिहासिक पक्ष हो । यसले अब जीवन बीमाको दायरा बढाउन सहयोग गर्छ । कृषि बीमाको अनुदान कायमै राख्नुपर्छ भनेका थियौं, त्यसले पनि निरन्तरता पाएको छ । सरकारले कृषि क्षेत्रलाई बजेटमा उच्च प्राथमिकता दिनु र कृषि बीमाको अनुदानलाई पनि निरन्तरता दिनुले राम्रो सन्देश दिएको छ ।
आगामी एक वर्षभित्र हाल कायम रहेको २२ प्रतिशत बीमा पहुँचको ४० प्रतिशत हिस्सा बढाउनुपर्छ भनिएको छ । यी व्यवस्थाहरुले हामीलाई त्यसमा लाग्न उत्साहित तुल्याउँछ । अब लघु बीमामा आकर्षण बढ्छ ।

अर्थमन्त्रीले बीमा क्षेत्रको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेर बजेत विनियोजन गर्नु भएको छ । हामीले ठूलै जोखिम उठाएर कोरोना बीमाको कार्यक्रम अघि सारेका थियौं । नागरिकको प्रतिक्रिया राम्रो आईरहेको थियो, अर्थमन्त्रीज्यूले नै त्यसलाई बिशेष रुपले लिनु भएको रहेछ भन्ने कुरा बजेटबाट देखियो । सारमा भन्ने हो भने यो बीमा क्षेत्रका लागि स्वर्णिम बजेट हो ।(बीमा समितिका अध्यक्ष चापागाईसँग गरिएको कुराकानीमा आधारित)

Advertisement

Advertisement

Advertisement