कोरोनाको आरडीटी परिक्षण तत्काल घटाउन निर्देशन

Advertisement

काठमाडौं । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले कोरोना आरडीटी परिक्षण तत्काल घटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । शनिबार बसेको समितिको बैठकले आरडीटी परिक्षण प्रभावकारी नदेखिएकाले त्यस्तो परिक्षण तत्काल घटाउन भनेको हो ।

समितिले पीसीआर परिक्षणको दायर बढाउन पनि भनेको छ । त्यस्तै, नेपाल भारत सिमाका जिल्ला र सबै स्थानीय तहहरुमा रहेका क्वारेन्टाइनहरुलाई थप व्यवस्थित बनाउँदै पीसीआर परिक्षणलाई व्यापक बनाउन पनि समितिले निर्देशन दिएको हो ।

Advertisement

Advertisement

Advertisement