नक्सा सच्याउन संविधान संशोधनका पक्षमा मतदान गर्न काँग्रेस केन्द्रीय समितिमा प्रस्ताव

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदा गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’

Advertisement

सो पार्टीको कार्यालय सानेपामा जारी बैठकमानेताहरुले आफ्नो धारणा राखिरहेका छन् । सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संविधान संशोधन विधेयक दर्ता गरे पनि काँग्रेसको कारण भन्दै कार्यसुचीबाट हटाइएको थियो ।
केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव ! pic.twitter.com/jtIbc5pnkP

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 30, 2020

Advertisement

Advertisement