जाजरकोट घटनाका दोषीलाई कारवाही गर्न सार्थक अभियान नेपालको माग

Advertisement

काठमाडौं । सार्थक अभियान नेपालले जाजरकोटमा भएको अमानवीय घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । संस्थाका अध्यक्ष भरत गौतमले आज विज्ञप्ति प्रकाशित गरी उक्त माग गरेका हुन् ।

अन्तरजातीय प्रेम सम्बन्धका कारण २१ औ शताव्दीमा पनि यस्ता घटना हुनु आपत्तिजनक र अस्वभाविक भएको हो, तसर्थ उक्त घटनाका दोषीलाई कानुनको दायरामा ल्याएर निष्पक्ष सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी, राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराइएको छ । साथै पीडितलाई सामाजिक सम्मान दिन आग्रह पनि गरिएको छ ।

Advertisement

Advertisement

Advertisement