विद्युतिय सवारी साधनको नयाँ कर ठिक छः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतिय सवारी साधनमा लगाइएको नयाँ करको व्यवस्था ठिक भएको बताएका छन् । प्रतिनिधी सभामा बजेटमाथीको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री डा. खतिवडाले विद्युतिय सवारी साधनहरुमा लगाइएको कर ठिक भएको बताएका हुन् ।

विद्युतिय सवारी साधनमा कर वृद्धि गरिएको विषयमा पनि कुरा उठेका छन् । पहिले सबै खाले विद्युतिय सवारी साधनमा एउटै भन्सार दर थियो, अहिले ६ वटा बनाएका छौं । अहिले पनि अन्य सवारी साधनमा भन्दा भन्सार महशुल ५० प्रतिशत कम नै छ ।, मन्त्री डा. खतिवडाले भने ।

उनले महंगा विद्युतिय सवारी साधन आयात गर्दा विद्युत खपत बढ्ने तर विदेशी मुद्राको सञ्चितिमा चाप पर्ने भएकाले नयाँ करका दरहरु निर्धारण गरिएको पनि बताए । उनले विद्युतिय सवारी साधनलाई सार्वजनिक यातायातको माध्यम बनाउने योजना अनुसारले नयाँ करको दर निर्धारण गरिएको पनि बताए ।

Advertisement

Advertisement

Advertisement