मन्दिरको जग्गा किनबेच गर्दा राजश्व छली गर्ने मालपोत प्रमुखसहित ६ जना बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । मालपोत कार्यालय सुनसरी ईनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापासहित ६ जना बिरुद्ध राजश्व छली अभियोगमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सुनसरी जिल्लाको साविक सोनापुर २ को कित्ता नम्बर १३ को १४कठ्ठा १ धुर जग्गा मालपोत कार्यालयका कर्मचारीहरु, जग्गा खरिद बिक्री कर्ता र वडा अध्यक्ष समेतको मिलेमतोमा राजश्व रकम कम असुल गरी÷गराई लिखत पारित गरेको देखिंदा उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई सजायको माग दावी लिइएको हो ।

मालपोत कार्यालय सुनसरी ईनरुवाका प्रमुख मालपोत अधिकृत थापालाई रु. ७,५५,६२०/–, मालपोत अधिकृत मात्रिका दंगाललाई रु. ९,१८,७७८/–, नासु गोविन्दकुमार पौडेललाई रु. १६,७४,३९८/–, दुहबी नपा वडा नम्बर ८ का वडा अध्यक्ष तारिकचन्द्र सरदारलाई रु. ९,१९,१२८/–, खरिद तथा विक्रीकर्ता गोविन्दकुमार वजगाईलाई रु. ७,५७,५४८/– र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष उज्याला मानन्धरलाई रु. ८,९८,४०५/– को बिगो माग दाबी सहित मुद्दा दर्ता गरिएको प्रवक्ता कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement