छ लाख घुस खाने डिभिजन वन कार्यालय प्रमुख विरुद्ध विशेष अदालतमा मुद्दा

Advertisement

काठमाडौँ । छ लाख घुस खाने डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार डिभिजन वन अधिकृत १० औं तह जयमंगल प्रसादले खानीसम्बन्धि कामको लागी विभिन्न बरबहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले एक लाख रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा डिभिजन वन कार्यालय, नुवाकोटका प्रमुख प्रसादले विभिन्न बहाना बनाई चुनढुङ्गा उत्खनन गर्न रोक लगाई आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियत मनसाय राखी मोलमोलाई गरी सेवाग्राहीलाई घुस दिन बाध्य बनाएको देखिन्छ । चुनढुङ्गा निकासी गर्न छोडपूर्जी दिने शर्तमा एक लाख तत्काल लिई बाँकी रकम काठमाडौमा दिनु भनी पाँच लाख समेत लिन मन्जुर गरी छ लाख लिएको देखिन्छ ।

यसरी घुस लिएको प्रमाणित भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि भएकोले छ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement