कुमारी बैंकको विशेष साधारण सभाबाट देवः विकासलाई प्राप्ति गर्ने प्रस्ताव पारित

,   १९ जेष्ठ २०७७, सोमबार, ०४:०१ pm   

काठमाडौँ । कुमारी बैंकको आज सम्पन्न विशेष साधारण सभाले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

कुमारी बैंक संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरु सहभागी उक्त विशेष साधारण सभाले देवः विकास बैंक लिमिटेडसँगको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन गरेको हो ।

देवःको प्राप्ति पश्चात कुमारीको चुक्तापूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । त्यसैगरी निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको जनाइएको छ ।

aecc