व्यापार व्यवसाय ठप्प छ, श्रमिकहरुले तलव पाएका छैनन, तर सरकार भन्छ– तुरुन्त कर तिर्न आउ

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन लागू गरेको झण्डै अढाई महिना भएको छ । सोही कारण उद्योग धन्दा व्यापार व्यवसाय ठप्प छ । लकडाउनको कारण अर्थतन्त्र चौपट बन्दै गएको छ भने जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । तरलताको अभाव र नोक्सानीका कारण व्यवसायिक प्रतिष्ठानहरुले आफ्नै कर्मचारी एवं कामदारलाई तलव भत्ता दिन नसकिरहेको बेला सरकारले भने यही जेठ २५ गतेभित्र कर तिर्न भन्दै सुचना प्रकाशित गरेको छ । आन्तरिक राजश्व विभागले सुचना जारी गरेसँगै उद्योग व्यवसायीले यसको चर्को विरोध गरिरहेका छन् ।

Advertisement

उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भन्छन्– लकडाउनले ७० दिनदेखि व्यवसाय ठप्प छ । अन्यत्र उद्यमी व्यवसायीलाई राहत दिइएको छ, यहाँ बजेटले पनि हाम्रा समस्या समाधान गर्न सकेन । बरु जेठ २५ गतेभित्र कर तिर्न सूचना आएको छ । सरकारसंग आग्रह राहत दिन नसकेपनि आहत त नगरियोस् । लकडाउन खोलौ, कारोबार गरौ, त्यसपछि कर त उठिहाल्छ।
त्यस्तै, अटो व्यवसायी कपील शिवाकोटी भन्छन्– लकडाउनमा घर भित्रै थुनेर राखेर कसरि कर बुझाउन आईज भन्न मिल्छ ? नभए जरिवाना लाउने रे ? चुपचाप लकडाउन माने भनेर जनतालाई हेप्नी ? अब त सरकारको लकडाउनको खुलेर बिरोध अनि उल्लङघन गरिन्छ । तिमीले मात्र जे पनि गर्न मिल्छ ?

Advertisement

Advertisement