तत्काल कर विवरण र कर रकम बुझाउन सकिँदैन, असार मसान्तसम्म म्याद देउः महासंघ

Advertisement

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आयकर, मूल्य अभिबृद्धी कर र अन्तशुल्कको विवरण तथा कर रकम बुझाउने म्याद असार मसान्तसम्म थप गर्न माग गरेको छ । महासंघका महानिर्देशक धरणीधर खतिवडाले आज अर्थमन्त्रालयका राजश्व सचिवलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

कोरोना भाइरसको असर र लकडाउनका कारण आर्थिक कारोबार, उत्पादन, वितरण लगायतको आपूर्ति प्रणाली अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको छ, त्यसकारण हाल कर विवरण र कर रकम बुझाउन नसकिने उक्त ज्ञापन पत्रमा उल्लेख छ । आन्तरिक राजश्व विभागले कर विवरण तथा कर बुझाउन सूचना प्रकाशित गरेपनि महासंघले आज राजश्व सचिवलाई ज्ञापन पत्र बुझाएको हो ।


Advertisement

Advertisement

Advertisement