चेम्बरले भन्यो- 'लकडाउन अवधिमा कर बुझाउन सकिँदैन, राजश्व विभागको सूचना खारेज होस्'

Advertisement

काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व बिभागको कर बिवरण एवम् रकम वुझाउने आज प्रकाशित सूचना प्रति नेपाल चेम्वर अफ कमर्सले गम्भीर ध्यानाकर्षण जनाएको छ । चेम्बरले आज विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण जनाएको हो ।

‘कोभिड- १९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेकोे छ । तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकीरहेको अवस्था छ’–विज्ञप्तिमा उल्लेख छ ।

आ.ब.२०७७/७८को प्रस्तुत बजेट सम्वोधनको क्रममा समेत व्यवसायीक क्षेत्रले भोगी रहेको कठिन चुनौतिलाइ स्वीकार गरिसकेको अवस्था पनि छ । यस्तो कठिन अवस्थामा व्यवसायीक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर,मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लक डाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको चेम्बरको प्रतिक्रिया छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ–‘स्वास्थ सुरक्षाको प्रत्याभूतीका साथ लकडाउनको अवधिमा अविलम्व आर्थिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्न अनुरोध गर्दछ । यस परिस्थितिमा लकडाउन समाप्त भई व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर बिवरण एवम रकम वुझाउने व्यवस्थाका लागि मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ, साथै बिद्यमान सूचना खारेज गरी व्यबसायीको माग बमोजिम नयाँ सूचना जारी गर्न समेत अनुरोध गर्दछ ।’

Advertisement

Advertisement

Advertisement