नेपालका किसानले दुःख गरेर फलाएको तरकारी नष्ट गरिएपछि कृषि मन्त्रालयले गृहलाई पत्र लेख्यो

Advertisement

काठमाडौं । कोरोना (कोभिड १९) फैलिने बहानामा नेपाली तरकारीहरु नष्ट गरिएको भिडियो भाइरस भएपछि कृषि तथा पशुपंक्षी मन्त्रालयले गृहलाई पत्र लेखेको छ । नेपाली किसानले उत्पादन गरेको तरकारी नष्ट गरेर भारतीय तरकारीहरुको व्यापकहरुमा बिक्री भएको समाचारपछि सरकारको चर्को आलोचना भइरहेको बला कृषिले गृहलाई पत्र लेख्दै यस्तो नगर्न आग्रह गरेको हो ।

कृषि मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले लेखेको पत्रमा प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपक्षीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिनेजस्ता कार्य गर्नु गलत भएको भन्दै त्यस्तो नगर्न आग्रह गरिएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका सिलसिलामा जारी बन्दाबन्दी (लकडाउन)का कारणले कृषिजन्य वस्तु उत्पादन एवं ढुवानी सहज हुन नसकेको उल्लेख गर्दै उनले मुलुकभित्र उत्पादन भएका कृषिजन्य वस्तु नष्ट गर्नुपर्ने अवस्था रोक्न आग्रह गरेका छन् । अर्को प्रदेश र स्थानीय तहले गरिदिने क्रियाकलापले कृषकका उपज खेर जाने मात्र नभइ उनीहरुको मनोवल खस्कने, उत्पादन घट्ने र आधारभूत खाद्यवस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गइ खाद्य सङ्कटको अवस्था सिर्जना हुनसक्नेतर्फ उनले सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

Advertisement

Advertisement

Advertisement