आफ्ना स्वास्थ्यकर्मीलाई कोरोना देखिएको भन्दै केएमसीले अस्पतालै बन्द गर्यो

Advertisement

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ । आफ्ना स्वाथ्यकर्मीलाई कोरोना देखिएको भन्दै अस्पतालका सबै सेवाहरु बन्द गरेको जानकारी दिएको छ ।

आफ्ना दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको सो अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा बिरामीमा दुई जना स्वास्थ्यकर्मी र दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले केएमसीका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।

Advertisement

Advertisement

Advertisement