कोरोनाले दोलखाका एक जनाको मृत्यु, हालसम्म ९ जनाले ज्यान गुमाए

Advertisement

काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका ७६ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ९ जना पुगेको छ । थपिएका मृतक काठमाडौं मेडिकल कलेजमा ब्रेन हेमरेजको उपचार गराईरहेका थिए । जेठ १५ गते गरिएको स्वाब परिक्षणमा पीसीआर रिपोर्ट पोजिटिभ आएपछि टिचिंग अस्पतालको आईसीयुमा उपचार गरिँदै थियो । उपचारका क्रममा उनको आजै मृत्यु भएको हो ।

Advertisement

Advertisement

Advertisement