आईडीपीले विद्युतीय प्रणालीबाट कार्यालय संचालन गर्ने, घरमै बसीबसी विज्ञहरुसंग जोडिने

Advertisement

काठमाडौँ । आईडीपी एडुकेशन, शैक्षिक परामर्श सेवामा विश्वको प्रख्यात संस्थाले नेपालमा भर्खरै आफ्नो विधुतीय प्रणाली कार्यालय संचालनमा ल्याएको छ । यसवाट नेपालमा विदेशमा आफ्नो शिक्षा हासिल गर्न तत्पर रहेका नेपाली विधार्थीहरुलाई घरमै बसी आईडीपीका शैक्षिक परामर्श विज्ञहरुसंग जोडिने उचित मौका प्रदान गरेको छ ।

यो प्रणालीवाट प्रवाह हुने सेवाले सम्पूर्ण इच्छुक विधार्थीहरुलाई आफ्नै घरमा बसी भौतिक कार्यालयवाट प्रवाह हुने सेवा झैँ उच्च परामर्श सेवा प्रदान गर्नेछ । यो आईडीपीसंग जोडिएका आफ्ना सम्पूर्ण विधार्थी तथा निजहरुका आमा बुवासंग जोडीरहने र हाम्रो उद्देश्य बमोजिम विदेशमा पठनपाठन गर्दाको समग्र यात्रालाई निरन्तर रुपमा सहज बनाई राख्ने एउटा कोशिश हो ।

यो क्षणमा आईडीपीका दक्षिण एशियाका संचालक पियुष कुमार भन्छन्– ‘आईडीपीको विधुतीय प्रणाली सेवाले यस क्षत्रलाई थप प्रोत्साहन गर्नेछ । हामीलाई थाहा छ विदेशमा गएर पठनपाठन गर्नु भनेको समग्र विधार्थीहरु साथ साथै निजहरुको सम्पूर्ण परिवारको लागि समेत जीवनको एउटा मुख्य निर्णय हो । यो महामारीको समयमा विधुतीय प्रणालीको कार्यालयले हामीलाई सबै संग जोडीरहन अवसर प्रदान गर्दछ । साथै, यस प्रकारको प्रविधिले हामीलाई एक आपसमा सन्धि जोडीरहने अवसर समेत प्रदान गर्दछ । हाम्रा विद्यार्थीलाई बिश्वभरिका शैक्षिक संस्थाहरु सँग सम्पर्कमा आउन मदत गर्नेछ ।’

आईडीपीको विधुतीय प्रणालीद्वारा संचालित कार्यालय आईतबार देखि शुक्रबार सम्म १० बजे दखि ५ बजे सम्म संचालित हुनेछ । यो समयमा सम्पूर्ण इच्छुक विधार्थीहरुले हाम्रो दक्ष कोउन्सेलरहरु संग विशेष रुपमा जोडिन सक्नुहुनेछ । यो समयमा इच्छुक विधार्थीहरुले आफ्नो विदेशमा पठनपाठनको मार्गको विषयमा, विश्वविधालयहरुले प्रदान गर्ने अवसरको विषयमा, विभिन्न कोर्सहरुको विषयमा, भिसा आवेदनसंग सम्बन्धित विषयमा, छात्रवृत्तिसंग सम्बन्धित विषयमा, पढाई पश्चातको काम गर्न अवसरको साथ साथै अन्य थुप्रै विषयहरुमा छलफल गर्न सकिने छ । यी सम्पूर्ण सेवाहरु निशुल्क रहनुको साथ साथै प्राविधिद्वारा संचालन हुनेछन् । यो अवसर संग संगै हामी सम्पूर्ण विधार्थीहरुलाई एउटा सुनौलो अनुभवको साथ साथै तपाईहरुको अन्तराष्ट्रिय विश्वविधालयमा पठनपाठन गर्ने सपनालाई साँचो बनाउन निरन्तर रुपमा सक्दो सहयोग गरिरहने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement