व्यवसायीहरुले बिहीबारदेखि बिहान ११ बजेसम्म पसल सञ्चालन गर्ने (विज्ञप्तिसहित)

,   २१ जेष्ठ २०७७, बुधबार, ०९:०२ pm   

काठमाडौँ । व्यवसायीहरुले विहीबारबाट बिहान ११ बजेसम्म पसल व्यवसाय सञ्चालन गर्ने भएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आज विज्ञप्ति प्रकाशित गरी उद्योगी व्यवसायीहरु पलायन हुने मात्र नभई रोजीरोटी नै गुम्ने खतरा बढेपछि पसल खोल्ने निर्णयमा पुगेको जनाएका छन् ।

‘रहरले नभई बाध्यताले यो निर्णयमा पुगेको र व्यवसाय खुल्ला गरेपनि न्यूनतम दूरी कायम गर्ने, मास्क तथा स्यानिटाइजर प्रयोग गर्ने लगायत विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको न्यूनतम मापदण्ड पालना गर्नेछौँ’– महासंघले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

aecc