'लकडाउन' लम्बिएपछि न्यूरोडमा काम गर्दै आएका १५० भारतीय कलकत्ता फर्किए (फोटोहरु)

Advertisement

काठमाडौं । राजधानी काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा विभिन्न क्षेत्रमा काम गर्दै आएका १५० भन्दा बढि भारतीय नागरिकहरु स्वदेश फिर्ता भएका छन् । कोरोना (कोभिड १९) संक्रमण रोक्न लागू गरिएको लकडाउनका कारण कामविहीन बन्दै आएका उनीहरु स्थल मार्ग हुँदै घर फर्किएका हुन् ।

दुई वटा बसमार्फत वीरगञ्ज नाका हुँदै फर्किन लागेका उनीहरु कलकत्ता निवासी हुन् । लकडाउनका कारण आफूहरुलाई काठमाडौंमा बस्न गाह्रो भएकोले स्वदेश फर्किन लागेको उनीहरुमध्येका एकले बताए ।

Advertisement

Advertisement

Advertisement