व्यापारीहरुले 'लकडाउन' तोड्दै भकाभक पसल खोलेपछि काठमाडौंका सीडीओहरुको आकस्मिक बैठक

Advertisement

काठमाडौँ । लामो लकडाउनका कारण आफूहरु भोकै पर्ने स्थिति आएको भन्दै काठमाडौका व्यापारीहरुले भकाभक आफ्नो पसलहरु खोल्न सुरु गरेपछि काठमाडौंका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आकस्मिक बैठक गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा साढे दुई महिनाअघि सुरु गरिएको लकडाउनका कारण आफूहरुको जीवन यापनमै समस्या भएको भन्दै नयाँ सडकदेखि जोरपाटीसम्मका व्यापारीहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गर्ने र आफ्नो व्यापार व्यवसाय सुरु गरेपछि प्रशासनको आकस्मिक बैठक सुरु भएको हो ।

नयाँ सडक र जोरपाटीबाहेक अन्य उद्योगी व्यवसायीहरुले समेत लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि परिस्थिति नियन्त्रणमा लिन उपत्यकाभित्रका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको हो ।

बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन, सुरक्षा निकाय तथा स्थानीय निकायका पदाधिकारीको समेत उपस्थिति रहेको छ । लकडाउन कसरी व्यवस्थित गर्ने ? भन्ने विषयमा छलफल गर्न लागिएको बैठकमा सहभागीहरुले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement