दैलेखमा एकै पटक १०५ जनामा कोरोना संक्रमण देखियो

Advertisement

जुम्ला । दैलेखमा एकै पटक १०५ जनामा कोरोना (कोभिड १९) संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबार दिउँसोसम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका मात्रै ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, मुगुका एक जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

जसअनुसार दैलेखको नारायण नगरपालिकामा ६९, देवलकाँडामा १२, सोतमा ९, मानटाकुरामा ७, साडुमा २, भवानीमा ५ र बासकोटमा १ जनामा कोरोना देखिएको हो । योसहित दैलेखमा कोरोना संक्रमितको संख्या २१० पुगेको छ ।

Advertisement

Advertisement

Advertisement