दुई सहायक वन अधिृकत २ लाख घुस रकमसहित अख्तियारको नियन्त्रणमा

Advertisement

काठमाडौँ । जिल्ला ताप्लेजुङ, डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत जीवन कुमार यादवसमेत २ जनालाई अख्तियार टोलीले २ लाख घुस रकमसहित पक्राउ गरेको छ ।

जिल्ला ताप्लेजुङ, डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत यादव र सव डिभिजन वन कार्यालय फुङ्लिङ, ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत वीरेन्द्रप्रसाद साहले जडिबुटी निकासी छुटपूर्जी दिए बापत सेवाग्राहीसँग घुस गरिरहेको भन्ने उजुरीका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा गएको अख्तियार टोलीले निज सहायक वन अधिकृत यादव र सहायक वन साहलाई रु. १-१ लाख घुस बापतको रकम बुझि सकेको अवस्थामा डिभिजन वन कार्यालय, ताप्लेजुङ परिसरबाट जेठ २० गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement