'लकडाउन' अबज्ञा सुरु भएपछि बल्ल सरकार लचक, खुकुलो बनाउने योजना माग

Advertisement

काठमाडौँ । जनस्तरबाट स्वतस्फुर्त लकडाउन अबज्ञा हुन थालेपछि यसलाई खुकुलो पार्न सरकार लचक भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने योजना ल्याउन इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषदले लकडाउन खुकुलोसँगै कोरोना भाइरसँग कसरी लड्ने ? भन्ने योजना पनि ल्याउन कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको हो ।

लकडाउन लम्ब्याउँदा जनजीवन कष्टकर बन्दै गएको र अर्थतन्त्र चौपट भएको तर सरकारले यस्तो अवस्थामा तत्काल कर तिर्नुपर्छ भन्दै सुचना जारी गरेको भन्दै विशेषगरी उद्योगी व्यवसायीहरु आक्रोशित बनेका छन् । लकडाउनको झण्डै अढाई महिनामा जनता रोगले भन्दा पनि भोगले मर्ने अवस्था आएको भन्दै चौतर्फी विरोध पनि सुरु भएको छ ।

त्यसबाहेक मन्त्रिपरिषद्ले विदेशबाट आउन चाहने नेपालीलाई कसरी ल्याउने तथा ल्याएर कहाँ व्यवस्थापन गर्ने भन्नेबारे छलफल पनि गरेको थियो । सरकारले शुक्रबारबाट विदेशमा समस्या परेकालाई ल्याउन सुरु गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement