सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

Advertisement

फ्र्याङ्कफर्ट । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

कोरोनाभाइरस महामारीको आर्थिक प्रभावलाई ध्यानमा राख्दै गरिएको ताजा पूर्वानुमानमा उहाँले यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत कायम रहने बताउनुभएको हो । सन् २०२१ मा मूल्य वृद्धि ०.८ प्रतिशतले हुने र सन् २०२२ मा १.३ प्रतिशत पुग्ने प्रक्षेपण ईसीबीले गरेको छ । ईसीबीले यस पहिले ९कोभिड–१९ को महामारीपूर्व० सन् २०२२ का लागि २.० प्रतिशतको लक्ष्य निर्धारण गरेको थियो ।

बिहीबारको प्रक्षेपण मार्चमा गरिएको प्रक्षेपणको तुलनामा निकै कम हो । मार्चमा ईसीबीले यस वर्षका लागि १.१, सन् २०२१ का लागि १.४ र सन् २०२२ का लागि १.६ प्रतिशत मुद्रास्फीति हुने अनुमान सार्वजनिक गरेको थियो । “आर्थिक वर्षको मध्यम अवधिमा कमजोर मागका कारण मुद्रास्फीतिमा गिरावट आउनेछ,” लगार्डले भने । रासस/एएफपी

Advertisement

Advertisement

Advertisement