चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

Advertisement

काठमाडौँ । चलचित्र विकास बोर्डले ६ महिनापछि नेतृत्व पाएको छ । विहीबार बसेको मन्त्री परिषद्को बैठकले बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्ड नेतृत्वविहिन भएको थियो । बोर्डका नव नियुक्त अध्यक्ष दाहालले अब २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् ।

बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । अन्तिम ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिश गरिएकोमा दाहालले बाजी मारेका हुन् । अध्यक्षका लागि नायक भूवन केसी र संस्कृतीविद राजेश थापाको नाम शिफारिस भएको थियो ।

Advertisement

Advertisement

Advertisement