विद्युतिय गाडी आयातमा गडबढी भएको छैनः भन्सार विभाग

Advertisement

काठमाडौं । भन्सार विभागले बजेट वक्तव्य अघि आयात गरिएका विद्युतिय सवारी साधनमा दायाँवायाँ नभएको स्पष्ट पारेको छ । बजेट वक्तव्य अघि एमजीका १२० वटा गाडी भन्सार जाँचपास गरिएको र त्यसमा भन्सार दर बढ्ने सूचना चुहावट भएको आरोप लागेपछि विभागले विज्ञप्ति जारी गर्दैै स्पष्टीकरण दिएको हो ।

विभागका अनुसार जेठ १ गतेदेखि १४ गतेको अवधीमा जम्मा ९३ वटा विद्युतिय सवारी साधन भन्सार जाँचपास भएको पनि जनाएको छ । विभागले वजेट वक्तव्य अघि समान आयात बढ्नु सामान्य प्रक्रिया भएको समेत दावी गरेको छ ।

बर्साैं पहिले देखि नै बजेटको अघि भन्सार बढ्न सक्ने अधिकांश वस्तुहरुको आयात हुने गरेको समेत बताएको छ ।

Advertisement

Advertisement

Advertisement