नवराज बिक हत्याको छानविन गर्न संसदीय बिशेष समिति गठन

Advertisement

काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा नवराज बि.क हत्या प्रकरणको छानविन गर्न संसदिय समिति गठन हुने भएको छ । शुक्रबारको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले संसदिय बिशेष समिति गठन गर्ने निर्णय सुनाएका हुन् ।

बैठकको सुरुमै काँग्रेस सांसद पुष्पा भुषालले संसदिय समिति गठन नभएसम्म संसद चल्न नदिने बताएकी थिइन् । काँग्रेस सांसदहरुले उठेर बिरोध जनाइरहेका बेला सभामुख सापकोटाले संसदिय समिति छानविन गर्ने निर्णय सुनाएका थिए ।

जाजरकोटका दलित युवा नवराज बि.क.सहित उनका ६ जना साथीहरुको हत्या भएको थियो । आफ्नी प्रेमिकालाई लिन आउँदा प्रेमिकाका परिवार र गाउँलेहरुले कुटेर हत्या गरि भेरी नदिमा फालेको आरोप छ ।

Advertisement

Advertisement

Advertisement