स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी, प्रस्ताव पुग्यो मन्त्रिपरिषदमा

Advertisement

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले संकटकाल लगाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषद लगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास लम्सालले संक्रामक ऐन, २०२० अनुसार संकटकाल लगाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा पठाएको बताएका हुन् ।

सो ऐनमा २ हजार भन्दा बढी नागरिकमा कुनै सरुवा रोग लागेमा स्वास्थ्य संकटकाल लगाउन सकिने व्यवस्था रहेको छ । मन्त्रालयले स्वास्थ्य सचिव लक्ष्मण अर्यालललाई समन्वय अधिकारी तोकेर मन्त्रिपरिषदमा प्रस्ताव पठाएको बताए । नेपालमा कोरोना संक्रमितहरुको संख्या २६ भन्दा बढी पुगिसकेको छ भने ११ जनाले ज्यान गुमाईसकेका छन् ।

स्वास्थ्य संकटकाल लगाउनेबारे शुक्रबारको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको थियो । लकडाउन खुकुलो पार्न सरकारलाई तिब्र दबाव परिरहेको छ । एकातिर लकडाउन खुकुलो बनाउनुपर्ने दबाव र अर्कातिर कोरोना संक्रमणको बढ्दो ग्राफका बीच सरकारलाई उपयुक्त विकल्पको खोजि गरिरहेको बताएको छ ।

Advertisement

Advertisement

Advertisement