गंगा चौधरीविरुद्ध संसदमा सरिता गिरि र अमृता अग्रहरि आक्रमक

Advertisement

काठमाडौं । साँसद गंगा चौधरीको अभिव्यक्तिलाई लिएर संघीय समाजवादीका साँसदद्धय सरिता गिरि र अग्रिता अग्रहरिले आक्रोसित भएका छन् । गिरि र अग्रहरिको शुक्रबार संसदमा उग्र रुप देखिएको हो ।

शुक्रबार संसदमा आक्रामकरुपमा देखिएका उनीहरुले चौधरीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । नेकपाकी साँसद चौधरीले केही दिनभित्र संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको भन्दै नेपाली भूमि मिचाहासँग सल्लाह गरेरमात्र नक्सा छाप्नुपर्ने भन्ने अभिव्यक्तिलाई दादागिरीको संज्ञा दिएकी थिइन् ।

त्यसको केही दिनअघि गिरीले एकतर्फी रुपमा सरकारले नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतसँग छलफल गरेरमात्र अघि बढ्न सुझाव दिएकी थिइन् । सोही अभिव्यक्तिको आलोचना गर्ने क्रममा चौधरीले भनेकी थिइन्, ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ? यो कस्ता बिडम्बना हो ?’

आज चौधरीविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका गिरि र अग्रहरिले यस्तै प्रवृत्ति रहे मुलुक विखण्डनको सुरुवात हुने समेत चेतावनी दिए । गिरिले चौधरीको अभिव्यक्तिलाई ‘घृणा’ भन्दै रगत उम्लिने कुरा गरेको तर्क गरिन् । उनले भनिन, ‘उहाँको जस्तो भाषा बोल्दिन । म प्रेम, सदभाव र आग्रहका साथ भन्छु । यो घृणाको अभिव्यक्ति कानुनी कारणको लागि पर्याप्त हुन्छ ।’

सिंगो संसदको सार्वभौमसत्तामाथि आक्रमण भएको भन्दै उनले यो अभिव्यक्ति संसदको रेडर्कबाट नहटाइए नेपालको विभाजनको दरार त्यहीबाट सुरु हुने बताइन् ।

त्यस्तै, अग्रिता अग्रहरिले चौधरीले माफी माग्नुपर्ने बताउँदै हिन्दीमा बोल्न पाउनुपर्ने बताइन् ।

Advertisement

Advertisement

Advertisement