अमेरिकामा साना व्यवसायीको सतप्रतिशत ऋण मिनाहा

Advertisement

अमेरिका । कोरोना महामारीका कारण थलिएको अमेरिकाले साना व्यवसायीलाई शतप्रतिशत ऋण मिनाहा गर्ने विधेयक संसद्बाट पारित गरेको छ। कोरोना महामारीका कारण आर्थिक मारमा परेका व्यवसायीले प्राप्त गर्ने ऋणसम्बन्धी विधेयक अमेरिकी संसद्को दुवै सदनबाट भारी बहुमतले पारित भएको छ। गत साता प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको यो विधेयक बुधबार सिनेटबाट पनि भारी बहुमतले पारित भयो।

अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो कार्यन्वयनमा आउनेछ। पीपीपी नाम दिइएको यस प्रकारको ऋणबाट साना व्यवसायी प्रत्यक्ष लाभाविन्त हुनेछन्। नेपालमा ठूला व्यवसायीलाई मात्र ध्यान दिएको आरोप खेपिरहेका अर्थमन्त्रीलाई यो विधेयक पढ्न लायक उदाहरण हुने अमेरिकामा रहेका नेपाली व्यवसायीको सुझाव छ।

साना व्यवसायीले पेचेक प्रोटेक्सन प्रोग्राम अर्थात् कामदारका लागि दिइने तलबबापत ऋण पाउनेछन्। यो ऋण कामदारका लागि तलब, किस्ता, ब्याज, बिजुली र घरभाडामा प्रयोग गर्न सकिनेछ। हालसम्म लाखौं व्यवसायीले यो सुबिधा उपभोग गरिरहेका छन्। यसरी पाउने ऋण शतप्रतिशत मिनाहासमेत हुन सक्नेछ जनाइएको छ। पीपीपी अन्तर्गतको रकम ८ हप्ताको सट्टा २४ हप्ताभित्र प्रयोग गर्न सक्ने प्रावधान छ। यो विधेयकले तत्काल कामदार फिर्ता बोलाउन नसक्ने र व्यवसाय खोल्न नसक्ने व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्नेछ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement