सांसदको प्रस्तावः काठमाडौं–निजगढ फास्ट ट्रयाक आयोजना खारेज गरौं

Advertisement

काठमाडौं । काठमाडौं र तराईलाई जोड्ने सबै भन्दा छोटा सडकका रुपमा अघि सारिएको फास्ट ट्रयाक आयोजना खारेज गर्न संसदमै माग उठेको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा विनियोजित विधेयकमाथिको छलफलमा भाग लिँदै फास्ट ट्रयाक आयोजना खारेज गर्न माग गरेका हुन् ।

उनले ललितपुरको बुङमति र खोकनाको सभ्यता मास्ने फास्ट ट्रयाक आयोजना खारेज गर्नुपर्ने बताए । ‘ललितपुरको खोकना र बुङमतिको सभ्यता नष्ट हुने गरि सुरु भएको बारा–काठमाडौं द्रुतमार्ग योजना खारेज हुनुपर्छ’, सुवालले संसदमा भने ।

उनले नेपालबाट भारतीय योगगुरु रामदेवको योगमाथि प्रतिबन्ध लगाउनुपर्ने माग पनि राखेका छन् ।

Advertisement

Advertisement

Advertisement