भोलिदेखि देशभरका मालपोत कार्यालय खुल्ने(विभागको पत्रसहित)

,   २४ जेष्ठ २०७७, शनिबार, ०७:१६ pm   

काठमाडौँ । आइतवारदेखि सबै मालपोत कार्यालय खुल्ने भएका छन् । लकडाउन आदेश जारी भएपछि चैत ११ गतेदेखि बन्द भएका कार्यालय खुल्न लागेका हुन् ।

पछिल्लो समय सरोकारवाला निकाय र सेवाग्राहीबाट न्यूनतम तथा आवश्यक सेवा सुचारु गर्न माग भइरहेका बेला भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सबै भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्र लेख्दै कार्यालय सञ्चालन गर्न भनेको हो ।

कार्यालय प्रमुखले कार्यालयमा उपस्थित भई अन्य आवश्यक कर्मचारीहरुलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न विभागका शाखा अधिकृत कृष्णप्रसाद जोशीले पत्र लेखेका हुन् ।

aecc