'कर्मचारीको सुबिधा कटौती न्यायोचित भएन, जनप्रतिनिधीको पनि अत्यावश्यक बाहेकका सुबिधा घटाऔं'

Advertisement

काठमाडौं । संसदमा जनप्रतिनिधी तथा उच्च पदस्थहरुको सुबिधा कटौतीको विषयले प्रवेश पाएको छ । विनियोजन विधेयकमाथीको छलफलमा भाग लिँदै संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले जनप्रतिनिधीहरुको समेत सुबिधा कटौती गरिनुपर्ने माग गरेकी हुन् ।

आइतबार संसदको बैठकमा विनियोजन विधेयकमाथीको छलफलमा भाग लिँदै सभापति खड्काले विषम परिस्थितिमा राष्ट सेवक कर्मचारीहरुको मात्रै सेवा सुबिधा कटौती गर्ने कुरा न्यायोचित नभएकाले जनप्रतिनिधी र उच्च पदस्थ पदाधिकारीहरुको पनि अत्यावश्यक बाहेकका सुबिधा कटौती गर्न माग गरेकी हुन् ।

संंसद बैठकमा सभापति खड्काले भनिन-'यो विषम परिस्थितिमा राष्ट्र सेवक कर्मचारीको मात्र सेवा सुबिधा काट्ने कुरा न्यायोचित हुन सक्दैन्, तसर्थ जनप्रतिनिधी, उच्च ओहदाका सम्पूर्ण निकायको अति आवश्यक बाहेकका खर्च कटौती गरि राष्ट्रलाई पर्ने आर्थिक भार घटाईयोस् ।'

सरकारले बजेट मार्फत सरकारी कर्मचारीहरुको भत्ता लगायतका सुबिधा कटौती गरेको भए पनि सांसदसहितका उच्च पदस्थ पदाधिकारीहरुको सुबिधा भने यथावत नै राखेको छ ।

Advertisement

Advertisement

Advertisement