अटोमेशनमा जाँदै नेपाल आयल निगम, २८ करोडको सफ्टवेयर जडान हुँदै

Advertisement

काठमाडौं । नेपाल आयल निगमले आफ्नो सम्पूर्ण सेवाहरुलाई अटोमेशनमा लैजाने प्रक्रिया सुरु गरेको छ
निगमले पहिलो चरणमा तेल चोरी तथा मिसावट रोक्नका लागि इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गर्दैछ ।

इआरपी प्रणालीले निगमको एकिकृत व्यवस्थापन गर्ने छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल यसलाइ निगमको अटोमेशनमा जाने यात्राको आरम्भ भएको बताउँछन् । हाल कार्यान्वयनमा रहेको मेकानिकल लकिङ् सिस्टमले मिसावट र चोरी नरोकिएपछि अटोमेशनको काम आरम्भ गरिएको उनी बताउँछन् ।

इआरपी जडानका लागि अघि बढाइएको खरिद प्रक्रियामा भने स्वार्थ समुहहरुले भाँजो हाल्ने प्रयास गरिरहेका छन् ।इआरपी सिस्टम जडान सफल भएमा वर्षौंदेखि मेनुयल रुपमा हुँदै आएको कामकाज समेत कम्युटरकृत हुनेछन् ।

देशभर अहिले १ हजार चार सय वटा भन्दा बढी पम्पहरुबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ ।
अबको तीन वर्ष भित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने छ । यो कार्यको लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिम समेतको लागि २८ करोड रुपैयाँ बजेट छुट्याएर टेन्डर भैसकेको छ ।

इआरपीले म्यानेजमेन्ट इन्फरमेशन सिस्टम, एकाउन्टिङ सिस्टम, सुरक्षित डाटा भण्डारण लगायतका कार्य डिजिटल बनाउनेछ । यो प्रणालीले भारतको बैरेनीबाट तेल लिएर आउँदा भारत भूमिमा समेत ट्याङ्करको अवस्था ट्रयाक गर्ने हुँदा तेल चोरी र मिसावट घटाउने बताइन्छ ।

Advertisement

Advertisement

Advertisement