कोदालो प्रहार गरेर रुपन्देहीमा पाँच जनाको विभत्स हत्या

Advertisement

बुटवल । रुपन्देहीको तिलोत्तमा मैनहियामा कोदालोे प्रदार गरी पाँच जनाको विभत्स हत्या भएको छ । एक व्यक्तिले कोदालो प्रहार गरेर उनीहरुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय गंगादेवी पशु फार्मका ती कामदारले सोही फार्ममा कार्यरत ५ जनाको हत्या गरेका हुन् । रामबहादुर पुन र कृष्णबहादुर पुनको गाइ फार्ममा काम गर्ने कामदारको गएराती हत्या भएको हो ।

हत्या गरिएकामध्ये तीन जना स्थानीय बासिन्दा र दुई जना रुपेन्देही मुर्गिएका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् भने एक जना १४ बर्षीय बालक छन् । जसमा २ जना श्रीमान् श्रीमती हुन् । हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरु सबैको घाँटीमा प्रहार गरिएको छ । एक जना घाइते कामदारको उद्दार गरी प्रहरीले उपचारका लागि पठाएको छ ।

हत्या कस्ले के कति कारणले गरेको भन्ने नखुले पनि एक जना ३२ बर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

Advertisement

Advertisement