एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालयको बैठक स्थगित गरियो

Advertisement

काठमाडौं । विवादास्पद एमसीसीबारे छलफल गर्न बोलाइएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक स्थगित गरिएको छ । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेसन)बारे छलफल गर्न बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

नेकपाले मंगलबार अपरान्ह ४ बजेलाई बैठक बोलाइएको थियो । एमसीसीको टाइमलाइनको समय नजिकिरहेको बेला यसलाई संसदबाट अनुमोदन गर्ने कि नगर्ने विषयमा विवाद चर्किएर गएको छ । नेकपाको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि सो पार्टीभित्र व्यापक विवाद भएपछि आजलाई बैठक बोलाइएको थियो ।

Advertisement

Advertisement

Advertisement