एनएमबि र एसबीआई बैंकसहित ४ वित्तीय संस्थाको बोनस शेयर सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा आज ४ बटा बैंक तथा वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

एनएमबि बैंक, नेपाल एसबीआई बैंक, जानकी फाइनान्स लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

एनएमबि बैंकको २ करोड ४२ लाख १२ हजार ४ सय ५७.५९ कित्ता, नेपाल एसबीआई बैंकको ५० लाख ६९ हजार ५ सय ५०.३१ कित्ता, जानकी फाइनान्सको १० लाख ८२ हजार ७ सय ८.६६ कित्ता र बुटवल पावरको २४ लाख ३३ हजार २ सय ६४ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement