अशक्त मानिसको दैनिकीमा सहजताका प्रदान गर्दै ओपोको कलरओएस

Advertisement

काठमाडौँ । डब्ल्यूएचओको एक रिपोर्ट अनुसार एक बिलियन भन्दा बढी मानिसहरु कुनै न कुनै किसिमका असक्तताका साथ बाँचिरहेको प्रक्षेपण गरिएको छ । अशक्तता रहेका मानिसहरुका स्वास्थ्य हेरचाह सम्बन्धि आवश्यकता साधारण मानिसका तुलनामा धेरै हुने गर्छन् र तिनका आवश्यकता धेरैजसो समयमा पुर्ति समेत हुन पाउँदैन । ईन्फरमेसन एक्सेसिबिलिटी प्रडक्ट आलियान्सको एक सदस्यका रुपमा ओपोको कलरओएसले सक्रियरुपमा असक्तता भएका मानिसहरु लाई सहयोग गर्न तथा दैनिकीमा मोबाइल ईन्टरनेटका माध्यमबाट अनुकुलित सुविधाहरु माथि पहुँच पु¥याउने पहल गरिरहेको कम्पनीले जनाएको छ ।

दृश्य स्तरको कुरा गर्दा कलरओएसले दृष्टि अक्षमता भएका मानिसलाई टकब्याक, सेलेक्ट टू स्पिक, गेस्चर एण्ड मोसन्स र कलर एक्सेसिबिलिटी मोड लगायत फिचर्सका माध्यमबाट डिस्प्ले कन्टेन्टलाई अझ सहज तरिकाबाट बुझ्न सघाउँछ ।

टक ब्याक फिचर सक्रिय गर्दा प्रयोगकर्ताले स्क्रिनमा देखाइएका कुराहरु भ्वाइस गाइड फञ्सनका माध्यमबाट सहजै पढ्न सक्छन् । साथै, स्क्रिनमा नहेरिकनै अर्को पेजमा जम्प गर्न सक्छन् । सेलेक्ट टू स्पिक फञ्सन सक्रिय गरेसंगै प्रयोगकर्ताले टेक्स्ट पोजिसनमा क्लिक गरेकै भरमा रियल टाइम भ्वाइस फिडब्याक सुन्न सक्छन् । साथै, आफ्नो आवश्यकता अनुसार प्रयोगकर्ताले वाचनको गति समेत समायोजन गर्ने सुविधा प्राप्त गर्न सक्छन् ।

गेस्चर एण्ड मोसन्स फञ्सनले दृष्टि अक्षमता भएका प्रयोगकर्तालाई अझ सहज तरिका बाट एन्सर र ह्यांग अप सुविधा अन्तरक्रियात्मक तरिकाबाट अनुभव गर्न सघाउँछ । यो फञ्सन अन गरेसंगै प्रयोगकर्ताले विभिन्न सोमाटोसेन्सरी अनुभवहरु लिन सक्छन् । यसको माध्यमबाट ईनकमिंग कल स्विकार्ने कार्यमा सहजता प्राप्त हुन्छ । उदाहरणका लागि प्रयोगकर्ताले फोन कानको नजिक लगेकै भरमा स्वचालित रुपमा कल रिसिभ गर्न सक्छन् ।

रंग दृष्टिमा कमी भएका मानिसका लागि कलरओएसमा कलर एक्सेसिबिलिटी मोडपनि उपलब्ध गरिएको छ । साधारण ‘हाई कन्ट्रास्ट टेक्स्ट’का तुलनामा कलरओएसले प्रयोगकर्तालाई तिनको आवश्यकता अनुसार अक्षरको रंग परिवर्तन गर्न सघाउँछ । यो फञ्सनको उपयोग टेक्स्टका साथै लाइनियर आइकन्स, बटन्स, स्विट्चेज लगायतमा पनि गर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा पढ्नुका साथै फोनको प्रयोग गर्न सक्छन् ।

कलरओएसले श्रवण अक्षमता भएका प्रयोगकर्ताहरुलाई समेत समाधान उपलब्ध गराउँछ । यसमा उपलब्ध फञ्सनले दायाँ र बाहिने च्यानलको आवाजलाई मोनो सिग्नलमा परिनत गरी एउटै कानमा दूबै च्यानलको आवाज पे्रशित गरी सुन्ने कार्यमा सहजता प्रदान गर्छ । साथै, प्रयोगकर्ताले फ्ल्याश अन कल फञ्सन अन गरी ईन कमिंग कलका बारेमा सटिक रिमाइन्डर प्राप्त गर्न सक्छन् ।

शारीरिक अशक्तता वा गतिशिलता सम्बन्धि समस्या भएका प्रयोगकर्ताहरु कलरओएसको एक्सेसिबिलिटी फञ्सनको प्रयोग गर्न सक्छन् । स्क्रिनशट, भ्वोल्यूम र ब्राइटनेस जस्ता साधारण फञ्सन बिना स्लाइड वा गेस्चर, सहजै क्ल्किको भरमा नियन्त्रित गर्न सकिन्छ । साथै, कलरओएसले टच एण्ड होल्ड डिले र ओपरेसनल एक्जेक्यूसन टाइम जस्ता फिचर्सपनि कलरओएसमा उपलब्ध छन् ।

ओपो कलरओेएसले अशक्तता भएका मानिसका लागि विशेष चासोका साथ नयाँ नयाँ फञ्सनको विकास गरिररहेको छ । साथै, तिनका लागि सहजता प्रदान गर्न एक्सेसिबिलिटी एसोसिएसनका ब्यवसायिकहरुका साथ निरन्तर मिटिंग र कलरओएस टिमले अशक्त ईञ्जिनियरहरु संग उत्पादनमा परिस्कृतिकरणका लागि सुझाव पनि माग्ने गरेको छ ।

शारीरिक अशक्तता भएका मानिसहरुको दृष्टि, श्रवण, टच लगायत समस्याको समाधान उपलब्ध गराउँदै तिनलाई सुदृढ अनुभव प्रदान गर्नु कलरओएसको उद्देश्य हो । भविश्यमा पनि ओपोले आफ्ना उत्पादन अनुकुलन गर्दै अशक्तता संग जुझी रहेका प्रयोगकर्ताका समस्याको समाधान गर्दै बाधा रहित फञ्सनको उपयोग गर्ने कार्यतिर निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement